जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...
जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।
एकातिर कोरोना सङ्क्रमण बढेको बढ्यै अर्कोतर्फ आम्दानी अभावमा खानपिन र स्वास्थ्योपचार गर्न सक्ने अवस्था रहेन। जिल्लामा लकडाउन भएकाले सबै कामधन्दा ठप्प हुँदा कमाउने बाटो पनि बन्द। लेबरी गर्न नपाएर पेटभर खान सक्ने अवस्था छैन। सुरक्षित बस्ने घर छैन। हात धुने साबुन कहाँबाट किन्ने? सरसफाइ गर्न पानीसमेत छैन। यो अवस्थामा कसरी गरिबहरू सुरक्षित रहन सक्छन्?
लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित एक क्वारेन्टाइनमा पछिल्लो दुई सातादेखि बस्दै आएका मध्यै १९ जना भारतीय नागरिक पछिल्लो तीन दिनदेखि बेपत्ता रहेका छन् । बुधबार मध्य रातिबाटै ती १९ जना भारतीयहरु बेपत्ता रहेको सँगै बस्दै आएकाहरुले बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सप्तरीमा हालसम्म ६ सय ४ जनाको र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको छ । जसमध्यै ६ सय जनाको रिपोर्ट निगेटिभ आएको छ भने ४ जनाको पोजेटिभ आएको हो । पोजोटिभ आएका ४ मध्ये पनि तीन जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको तथा एक जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा सप्तरीका दुईजनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।
मधेस आन्दोलनकै जगमा संघीयता स्थापित भयो। त्यसपछि मधेसी, मुस्लिम, थारूलगायतले समाज विकासमा आमूल परिवर्तनको अपेक्षा राखे।
प्रदेश २ को प्रादेशिक सभाको पछिल्लो बैठक बसेको तीन महिनाभन्दा बढी भइसकेको छ। यसअघि अन्तिम बैठक कात्तिक २९ गते बसेको थियो। बैठक बस्न नसक्दा कयौं विधेयक थन्किएका छन्। अन्य महत्वपूर्ण कामसमेत अवरुद्ध भएको अवस्था छ।
प्रदेश दुई सरकारद्वारा जारी जनप्रतिनिधिको सुविधासम्बन्धी ऐनअनुसार मासिक सुविधा पाउने पदाधिकारीहरूले स्थानीय तहको कुनै पनि समिति वा उपसमितिको बैठकमा भाग लिएबापत बैठक–भत्ता पाउँदैनन्।
सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीको डिलमा टाँगिएको एउटा सानो त्रिपालमुनि स्थानीय विनिता सदा परिवारका आठ जनासहित एक सातायता जसोतसो बसोबास गदै छिन्। पोखरीको डिलमाथि चल्ने तीव्र गतिको पछुवा (पश्चिमी) हावाले टाँगिएका पाल कतिखेर उडाउला भने चिन्ताका बीच चुलो बालेर बालबच्चा तथा आफ्ना लागि खाना पकाउने अवस्थासमेत छैन।
युवा तथा खेलकुद मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि पछिल्लो शुक्रबार मात्रै मूल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको टेन्डर आह्वान गरिसकिएको छ।
१२ दिनयता बढेको चिसो तथा शीतलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। दुई सातायता चिसो हावासँगै चलिरहेको शीतलहरले सप्तरीमन तराईका सिरहा, सुनसरी, धनुषा, उदयपुरलगायत जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ।
जंगली जनावरको निरन्तरको आक्रमणले पूर्वी सप्तरीका सर्वसाधारण त्रस्त बनेका छन्। जंगली जनावर र मानवबीचको द्वन्द्व व्यवस्थापनको स्थायी उपाय अवलम्बन गर्न ढिलाइ हुँदा मानवीय तथा भौतिक क्षति लगातार बढिरहेको छ।
‘डाक्टरले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन्। उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरी ल्याइदेऊ भनी कर गर्छिन्, पैसा नहुँदा जान सकिएको छैन।’
हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ।
