८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सप्तरीमा ६ सय ४ को आरडिटी

राजविराज- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सप्तरीमा हालसम्म ६ सय ४ जनाको र्‍यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको छ । जसमध्यै ६ सय जनाको रिपोर्ट निगेटिभ आएको छ भने ४ जनाको पोजेटिभ आएको हो । पोजोटिभ आएका ४ मध्ये पनि तीन जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको तथा एक जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले सम्म ७२ जना महिला र ५ सय ३२ पुरुष गरी ६ सय ४ जनाको आरडिटी गरिएको हो । आरडिटी गरिएका ४ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । यादवका अनुसार पोजेटिभ देखिएका मध्यै ३ जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षण गराइएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बाँकि एक जनाको थ्रोट स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षणकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको यादवले जानकारी गराए । संक्रमण आशंका गरिएका उक्त व्यक्ति सप्तरीको डाकनेश्वरी नगरपालिकाका वासिन्दा हुन् । उनी सोहि नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा थुनुवामा रहेका थिए । कुटपिट मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा राखेको थियो ।

डाक्नेश्वरी नगरपालिका–४का ४८ वर्षिय उक्त पुरुष आफ्नो छिमेकिलाई कुटपिट गरेको आरोपमा पक्राउ परेको प्रहरीको भनाई छ । आरडिटी रिपोर्ट पोजोटिभ आए लगत्तै उनलाई सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल प्रमुख डा. चुमनलाल दासले जानकारी गराएका छन् ।

 

प्रकाशित: ११ वैशाख २०७७ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App