१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।

दलका झण्डामुनि शिक्षक

मुलुकका प्रमुख राजनीतिक दलहरू यतिबेला महाधिवेशनमा व्यस्त छन्। महाधिवेशन भन्नेबित्तिकै नेतृत्व चयन पहिलो प्राथमिकतामा पर्छ। यो बेलामा गाउँदेखि राष्ट्रिय स्तरसम्मको दलको नेतृत्वमा पुग्न दलका कार्यकर्ताले प्रतिस्पर्धा गरिरहेका छन्। सरकारमा रहेका र बाहिर रहेका दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला महाधिवेशनमा व्यस्त छन्। एमालेको महाधिवेशन बिहीबारदेखि चितवनमा भइरहेको छ। यी दलको विभिन्न तहको नेतृत्वमा शिक्षकसमेत छानिएका छन्।

एमालेको औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य

नेकपा एमालेको २५ साउन २०७८ को केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोेधनसम्बन्धी प्रस्तावमा तल्ला तहका कमिटीको राय लिन छलफल कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले बताए।

७ सय बढी खेलाडीलाई कोरोना खोप

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ। पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन्।

अमादब्लममा फहराइएको कुवेती झण्डा थाहै नदिई फिर्ता

पोखरास्थित पर्वतीय संग्रहालयका अनुसार २०७७ चैत १७ गते यो झण्डा पोखराबाट फिर्ता पठाइएको हो। संग्रहालयका प्रशासन सहायक उज्जवल अधिकारीका अनुसार नेपाल पर्वतारोहण संघ (एनएम) का पदाधिकारीले पोखराबाट झण्डा बुझेर लगेका थिए ।

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा!

नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो। काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो। सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार।

राष्ट्रिय झण्डा ओढाएर भागरथीलाई सम्मान

बिद्यालयवाट घर फर्कने क्रममा बलत्कार गरेर हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शुक्रवार महाकाली नदीको किनारमा अन्तिम संस्कार गरिएको छ । अविबाहितलाई दाहसंस्कार नगरि खाल्डो खनेर गाड्ने धार्मिक परम्परा भएकाले शुक्रवार साँझ करिव ५ बजेतिर भागरथीलाई महाकाली नदिको किनारमा खाल्डोमा गाडेर अन्तिम संस्कार गरिएको छ । बलत्कार पछि हत्या गरेर कलिलो उमेरमै चुडिएकी भागरथीको सम्मानमा स्थानिय युवाहरुले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । राष्ट्रिय झण्डा ओढाएर उनको शोकमा एक मिनेट मौन धारण गरिएको थियो ।

उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, अखिलका केन्द्रीय सदस्य पक्राउ

उपप्रधानमन्त्री इश्वर पोखरेललाई बारामा विद्धार्थीले कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाएको आरोपमा अनेरास्ववियूका एक जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।

खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थीहरुले खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाएका छन्।

प्रदर्शन बढेसँगै झण्डा ब्यापार ‘मालामाल’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असंवैधानिक तवरबाट’ संसद विघटन गरेपछि त्यसको विरोधमा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि झण्डाको माग पनि बढेको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन।

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

दुबईको बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा

संविधान दिवसको अवसरमा आज दुबईमा रहेको संसारकै अग्लो भवन ‘बुर्ज खालिफा’ मा नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गरिने भएको छ। नेपाली राजदूतावासको अनुरोधमा यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गर्ने भएको हो।

भारतमा राष्ट्रिय झण्डा च्यात्ने युवक पक्राउ

देशको पश्चिम बंगाल राज्यअन्तर्गत नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्