coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

केसीको निधनले आन्तरिक छलफल पनि रोकियो

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा बुधबार देशभरका कार्यालयहरु बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले सांसद केसीको निधनको शोकमा बुधबार केन्द्रीय कार्यालयका साथै जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

नेता केसीको निधन भएको १३औं दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने पनि कांग्रेसले निर्णय गरेको छ । कार्तिक १८ देखि २० गतेसम्म तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । केही समय देखि मृगौला रोगबाट पिडित केसीको सोमबार राति १० बजे ६३ वर्षको उमेरमा कास्कीको पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उनी २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य थिए  ।  

२०३३ सालमा नेपालमा विभिन्न व्यक्तिसँगको सहकार्यमा रारा चाउचाउ उत्पदान सुरु गरेर केसीले नेपाली उद्योग व्यवसायका क्षेत्रमा पनि छुट्टै पहिचान बनाएका थिए ।  

यसैबीच, केसीको निधनका कारण पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच मंगलबार हुने भनिएको छलफल स्थगित भएको छ । नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागका विषयमा सोमबार पनि छलफलमा जुटेका दुबै पक्षका नेताहरूले आआफ्नो अडान राखेका थिए ।    

 

प्रकाशित: १८ कार्तिक २०७७ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App