८ वैशाख २०८१ शनिबार
समाज

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। 

सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स व्यूरोको टोलीले काठमाडौको बागबजार पुरानो बसपार्कबाट खोटाङका २८ बर्षीय खेम प्रधान तथा बर्दियाका ३८ टिकाराम चौधरीलाई पक्राउ गरेको हो। 

उनीहरु  जनगणतानित्रक सम्पर्क मञ्चका केन्द्रीय सदस्य हुन्। उनीहरुको साथबाट महत्वपूर्ण कागाजातसहित उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका डिआइजी एवं प्रवक्ता राजु अर्यालले दुई जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको बताए। ‘यस्तो अवस्थामा हाम्रो इन्टेलिजेन्सपनि खटिएको हुन्छ उनीहरुले सुराकी पाएपछि पक्राउ गरेर थप अनुसन्धानको लागि प्रहरीलाई बुझाएको छ‘, डिआइजी अर्यालले भने।  

विप्वल समूहले बुधबार वानेश्वर लगायतका स्थानमा कालो झण्डा देखाएको थियो। आज पनि बागबजारमा कालो झण्डा देखाउने कार्यक्रम तय भएका बेला उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: २० कार्तिक २०७७ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App