coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय झण्डा ओढाएर भागरथीलाई सम्मान

हत्या भएको १७ दिनपछि भागरथीको अन्तिम संस्कार

विद्यालयबाट घर फर्कने क्रममा बलत्कार गरेर हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शुक्रवार महाकाली नदीको किनारमा अन्तिम संस्कार गरिएको छ। अविबाहितलाई दाहसंस्कार नगरि खाल्डो खनेर गाड्ने धार्मिक परम्परा भएकाले शुक्रवार साँझ करिव ५ बजेतिर भागरथीको महाकाली नदिको किनारमा अन्तिम संस्कार गरिएको हो। बलात्कार पछि हत्या गरेर कलिलो उमेरमै चुडिएकी भागरथीको सम्मानमा स्थानीय युवाहरुले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। राष्ट्रिय झण्डा ओढाएर उनको शोकमा एक मिनेट मौन धारण गरिएको थियो।  

करिव १७ वर्षिय दिनेशले आफ्नै वुवा दिपक भट्टका अघि सरकारी वकिलसँगको बयानमा बलात्कार पछि हत्या गरेको स्विकारेका थिए। कंचनपुरकी बालिका निर्मला पन्तको जस्तै रहस्यमय देखिएको भागरथीकोको घटनामा १४ दिनपछि गत बुधवार गाउँकै भाइ पर्ने दिनेशलाई अभियुक्त भन्दै प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरेको गरिएको थियो । प्रहरीसँगको बयानमा रिसिईवीका कारण बाटोबाट  तल घचेटेर तल जंगलमा लगि हत्या गरेको र बलात्कार चाँही नगरेको बताएकाले आफन्त बिश्वस्त हुन सकेका थिएनन्। बलात्कार गर्ने को थियो त ? भनेर एक्लै दिनेशले नभई अरुको पनि संलग्नता हुने आशंका आफन्त र स्थानीयले गरेका थिए। १८ वर्ष मुनि उमेर भएकाले दिनेशलाई वुवा दिपक कै अगाडि राखेर सरकारी वकिलले बयान लिएका थिए। बाटोबाट भागरथीलाई तल घचेटेर लडाएको र एक पटक उठेपछि अझ लडाएर तलतिर लगेर प्रतिकार गर्ने अवस्थामा नरहेका बेला  पाईन्ट खोलेर यौनसम्पर्क गरेको उनले बयान दिएका छन्। बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले बयान दिएका छन। सुरुका दिनमा दिनेशले घरपरिवार र प्रहरीसँग पनि आफूले घटना नघटाएको अडान लिएका थिए। उनी भागरथीको न्यायका लागि भएका प्रदर्शनमा सहभागी हुने गरेका थिए। प्रहरीले मन्दिरमा लगेर कसम खुवाउँदासमेत उनले घटना घटाएको स्विकारेका थिएनन्। प्रत्यक्षदर्शीले दिनेशलाई ३.२५ मिनेटमा घटनास्थल नजिक देखेको, मोवाईल लोकेशन पनि  घटना घटेको वेला घटनास्थल नजिक देखिएको आधारमा उनको संलग्नतामा आशंका गरेर  अनुसन्धान गरेको थियो।  

माघ २१ गते पौने २ बजे विद्यालयबाट घर फर्कन आएकी भागरथीलाई उनको पिछा गर्दै आएका दिनेशले सिल्लगाउँबाट उछिनेर घटनास्थल नजिक बलात्कार गर्न ढुकेर बसेका थिए। बलात्कार र हत्या गरेपछि घर गएका दिनेशले घटना घटाएको जस्तो कुनै संकेत नै देखाएनन्। साँझ भागरथी घर नआएपछि खोजी गर्दा दोश्रो दिन माघ २२ गते लवलेक सामुदायिक बनमा उनको शव फेला परेको थियो। माघ २३ गते जिल्ला अस्पतालमा उनको शव लगेर पोष्टमार्टम गरिएको थियो। अपराधी पत्ता नलागुन्जेल शव नबुझ्ने अडान लिएर आफन्तले शव बुझेका थिएनन्। जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीको शवगृहमा रहेको शव बुझेका थिए । दशरथचन्द नगरपालिका–६ सेराको महाकाली नदीमा अन्तिम संस्कार गरिएको भागरथीका दाई केशव भट्टले बताए ।‘बिहिनीको अन्त्यष्टी गरेका छौं, मेरो बिहिनको जस्तो घटना अन्य चेलीहरुले भोग्नुनपरोस’उनले भने ।

प्रकाशित: ७ फाल्गुन २०७७ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App