coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सुवासको निधन, शोकमा संविधान

आन्तरिक र बाह्य शक्तिकेन्द्रको अत्यासलाग्दो दबाबबिच पनि नयाँ संविधान जारी गर्ने कार्यका सूत्रधार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सौम्य, सन्तुलित र स्वच्छ चरित्र मुलुकको राजनीतिले कहिल्यै भुल्ने छैन।

गणेश देवताको रुपमा यसरी गरियो हात्तीको अन्तिम संस्कार

हात्तीलाई गणेश भगवानको रुपमा मानिन्छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ कालापानीमा शौचालयको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हात्तीलाई गणेशको रुपमा पूजाआजा गरेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरियो।

प्रदेश संसद् डा. डिम्पल झाको निधन

मधेस प्रदेश संसद् डा. डिम्पल झाको निधन भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेश प्रदेश सभाकी संसद् डा. झाको उपचारको क्रममा शनिबार राति निधन भएको हो।

शवसँगै मनहरु जल्छन्...

यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।

छोरीलाई अन्तिम संस्कारमा पनि विभेद

गएको माघ र फागुनमा सुदूर पश्चिममा दुईवटा अत्यन्तै दर्दनाक घटना भए। माघको अन्त्यतिर बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा भेटिइन् भने फागुन अन्त्यतिर दैलेख आठबीसकोटकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा मृत अवस्थामा भेटिइन्। यी दुवै घटना मानवीय संवेदनालाई नै खलबल्याउने खालका रहे।

राष्ट्रिय झण्डा ओढाएर भागरथीलाई सम्मान

बिद्यालयवाट घर फर्कने क्रममा बलत्कार गरेर हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शुक्रवार महाकाली नदीको किनारमा अन्तिम संस्कार गरिएको छ । अविबाहितलाई दाहसंस्कार नगरि खाल्डो खनेर गाड्ने धार्मिक परम्परा भएकाले शुक्रवार साँझ करिव ५ बजेतिर भागरथीलाई महाकाली नदिको किनारमा खाल्डोमा गाडेर अन्तिम संस्कार गरिएको छ । बलत्कार पछि हत्या गरेर कलिलो उमेरमै चुडिएकी भागरथीको सम्मानमा स्थानिय युवाहरुले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । राष्ट्रिय झण्डा ओढाएर उनको शोकमा एक मिनेट मौन धारण गरिएको थियो ।

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार आज गरिँदै

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्