२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

टुँडिखेलमा संविधान दिवसको रौनक (फाेटाे फिचर)

समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।

संविधान दिवसः रत्नपार्क प्रवेश निःशुल्क, घरघरमा राष्ट्रिय झण्डा, तीन दिनसम्म दिपावली

रत्नपार्क तथा बालाजु पार्कमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा असोज २, ३ र ४ गते दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो। बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ।

नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक

नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए। कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे। हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए। अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ।

नेपाल घुम्न बेइजिङबाट चिनियाँलाई निम्ता

अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा। लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र। रातो इँटामा चिटिक्क परेको घरको बीचबाट आकाशतिर उठेको स्वयंभूको स्तुप। वरिपरि फहराइरहेका लुङ्दर अनि भित्रबाट सुमधुर आवाजमा आइरहेको नेपाली संगीतको पाश्र्व ध्वनि। भवनभित्र छिर्दा ढोकाको सामुन्ने बुद्धको मूर्ति। मूर्तिको वरिपरि नेपाली जडीबुटी र फलफूलका नमुना। यो दृश्य बेइजिङस्थित बागवानी प्रदर्शनी केन्द्रमा रहेको लुम्बिनी शान्ति बगैंचाको हो। बगैंचामा पुग्दा एकैचोटि नेपाल पुगेको अनुभूति हुन्छ।

विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराइयो

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्।

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक हो।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सर्वाेच्चले छाड्यो

प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

‘गर्भवती महिलाका लागि घरमा झण्डा हातमा अन्डा’

गर्भवती महिलाको घरमा ‘स्वास्थ्य संस्थामा प्रसूति, सुरक्षित मातृत्वको प्रत्याभूति’ लेखिएको सुन्तला रङको झण्डा राखिने र गर्भवती महिलाले न्यूनतम चारपटक गर्भ जाँच गराए प्रत्येक पटकको जाँचमा एक क्रेट अन्डा दिइने भएको छ।

मञ्चमै कालाेझण्डा देखाएपछि राेकिए प्रधानमन्त्री

तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा उढाएका छन्।

मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा (भिडियाे/फाेटाे)

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको शवलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन्। प्रधानमन्त्री ओलीले अन्य मृतकहरूको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरे।

भाषशास्त्री बालकृष्ण पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाइयो

भाषशास्त्री बालकृष्ण पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाइएको छ। पोखरेलको आइतबार विहान  साढे १ बजे विराटनगर स्थित आफ्नै घरमा निधन भएको थियो।

देउवाको गृहजिल्लामा ओलीलाई कालोझण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।

चोभारमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ३० जना प्रहरी नियन्त्रणमा

चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चोभारबाट ३० जना भन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्नेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई परिसरको हिरासतमा राखिएको छ।

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्