१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रदेश राजधानीको विरोध : प्रदेश सांसदलाई कालो झण्डा

डोटीका युवाहरुले डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य अर्चना गहतराजलाई कालोझण्डा देखाएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउन मतदान गरेको भन्दै सोमबार दिपायलमा युवाहरुले कालोझण्डा देखाएका हुन्।

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

रकारले आफ्नो सम्पूर्ण ध्यान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा लगाएको छ। भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्। अतिथिको स्वागतका लागि काठमाडौंलाई सिंगार्न सरकारले सम्पूर्ण शक्ति लगाएपनि सबैको नजर पर्ने सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक माथिको झण्डा भने फेरेको छैन्।

पूर्वकेन्द्रीय सदस्य राणाकाे निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व. भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

माछापुच्छ्रेको शिरमाथि नेपालको झण्डा

फेवातालमा देखिने माछापुच्छ्रेको छायाँमाथि नेपालको झण्डा देखिनेछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको ड्यामसाईड क्षेत्रबाट फेवातालमा हिमाल देख्ने पर्यटकहरुले अब देशको झण्डा पनि देख्नेछन्। गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ।

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो। जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो। जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो। ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई।

मेयर सुब्बालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

उपचारको क्रममा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बालाई राज्यकोतर्फबाट राष्ट्रिय झण्डा ओढाएर सम्मान दिइएको छ।

रातो झण्डा ओढ्दैमा माफ दिन मिल्दैन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीलाई भेटेका छन्। अधिकारी जेठ १५ गतेबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी छन्।

मिचिएको सीमामा वाईसीएलले गाड्याे राष्ट्रिय झण्डा (फोटो फिचरसहित)

पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित नेपाली भुमी भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ।

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

स्वदेशमा काम माग्दै झण्डा जुलुस (फोटो फिचर)

राजधानीमा राष्ट्रिय झण्डा सहित युवाहरुले प्रदर्शन गरेका छन्। स्वेदशमै काम गरेर खान दिन माग गर्दै उनीहरुले प्रदर्श गरे। उहरुले बन्द उद्योगहरु सञ्चालनको माग गरेका थिए। यस्तै ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ को व्यवस्था आवश्यक भएको बताएका थिए।

भूकम्पको केन्द्र बारपाकवासीको धुरीमा कसको झण्डा ?

भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने, “स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गर्‍यो यो उसैको झण्डा धुरीमा सजाउनुपर्‍यो।”

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्। मंगलबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राईबीचमा पार्टीको झण्डा साटासाट गरिएको हो।

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्