१० आश्विन २०८१ बिहीबार
image/svg+xml

७४ जना कोरोना संक्रमित थपिँदा २० जना डिस्चार्ज

प्रदेश १ मा शुक्रबार कोरोना भाइरसका संक्रमति ७४ जना थपिँदा २० जना डिस्चार्ज भएका छन् । प्रदेशको सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पोखरामा कोरोना संक्रमित पुरुषको अस्पताल पुग्नासाथ निधन

कोरोना संक्रमणले पोखरामा एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन पुगेका पोखरा महानगरपालिका–१६ का ५२ वर्षिय पुरुषको शुक्रबार मध्यान्ह मृत्यु भएको हो।

१२ घण्टा नबित्दै वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १२ घण्टा पनि नबित्दै ३ जना कोरोना संक्रमतिको उपचारको क्रममा निधन भएको छ। हिजो (बिहिबार) पौने ७ बजे सिरहाको५५ बर्षीय एक संक्रमितको निधन भएको थियो।

कोरोना संक्रमित थप एक महिलाको मृत्यु

मोरङको बेलबारीकी एक महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ । कोरोना भाइरस संक्रमित महिलाको शुक्रबार बिहान ३ बजे १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

झापाका एक जना कोरोना संक्रमितको धरानमा मृत्यु

झापाका एक जना कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ। एक साता अघि कोरोना संक्रमण पुष्टि भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापा कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको शुक्रबार बिहान मृत्यु भएको हो।

अझै रोकिएन भक्तपुरमा कोरोना भयावह

बिहीबार जिल्लाभरमा अहिलेसम्मकै दोश्रो वढी कोरोना संक्रमित पुष्टि भएपछि भक्तपुरमा बढेको कोरोना भयावह अझै हटन सकेको छैन । बिहीबार जिल्लामै अहिलेसम्मकै दोश्रो सबैभन्दा वढी ४१ जनामा कोरोना पुष्टि भएको स्वास्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइयो । जिल्लामा यसअघि सबैभन्दा वढी एकैदिन ५० जनासम्म संक्रमित पुष्टि भएको थियो ।

वीपीमा सिरहाका एक कोरोना संक्रमितको निधन

प्रदेश २ को सिराह नगरपालिका वडा नं २ का ५५ बर्षीय पुरुषको उपचारको क्रममा आज(बिहिबार) साँझ निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पताल निधन भएको हो । मृतक भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका थिए ।

भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कृष्णनगर भन्सार सुनसान

कोरोना संक्रमण फैलिएपछि कृष्णनगर भन्सारमा अहिले सुनसान भएको छ । भन्सारमा कार्यरत कर्मचारीहरू धमाधम कोरोना संक्रमित हुन थाले पछि कर्मचारीहरू भागाभाग गरेका छन्। केही दिनअघि सम्म भन्सारमा ३ जना कर्मचारी संक्रमित भएका थिए । बिहीबार थप ५ कर्मचारी सहीत ११ जना कोरोना संक्रमित भएपछि कर्मचारीहरू त्रसित भएर भागाभाग गरेका हुन ।

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना भाईरस संक्रमणले पोखरामा एक महिलाको उपचारको क्रममा विहीबार बिहान मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पोखरा महानगरपालिका–११ की ३२ वर्षिय महिलाको विहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले बताएको छ।

कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नम्बर १ का ५० वार्षिय शिवकुमार कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो ।

भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो

भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

बाराका थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

थप ७ सय ४३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर महानगरपालिका–८ का कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार रातिनिधन भएको छ। विराटनगरस्थित कोसी अस्पताल कोभिड१९ उपचार केन्द्रमा विराटनगरका एक ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

वीपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरान ८ निवासी ६८ वर्षीय संक्रमित पुरुषको आइतबार साँझ उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनको साँझ ६ बजेर ३५ मिनेटमा निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्