१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

वीपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरान ८ निवासी ६८ वर्षीय संक्रमित पुरुषको आइतबार साँझ उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनको साँझ ६ बजेर ३५ मिनेटमा निधन भएको हो ।

मृतक संक्रमित धरानका परिचित हार्डवेयर तथा जग्गा व्यापारी हुन् । उनको अवस्था सिकिस्त भएपछि भदौ १ गते राती प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो भने ३० गते अस्पताल भर्ना गरिएको थियो । अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनले वीपी प्रतिष्ठानको हेल्प डेस्कमा गएर स्वाब दिएका थिए । मृतकलाई उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास सम्बन्धी विगतदेखि नै समस्या भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि धरान १५ का एक महिला र पुरुषको पनि निधन भइसकेको छ । मृतक ३ जना मध्ये २ जना पुरुषलाई प्लाज्मा थेरापी गरिएको थियो ।

प्रकाशित: ७ भाद्र २०७७ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App