१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सारका कर्मचारीमा कोरोना देखिएपछि कृष्णनगर भन्सार सुनसान

कोरोना संक्रमण फैलिएपछि कृष्णनगर भन्सारमा अहिले सुनसान भएको छ । भन्सारमा कार्यरत कर्मचारीहरू धमाधम कोरोना संक्रमित हुन थाले पछि कर्मचारीहरू भागाभाग गरेका छन्। केही दिनअघि सम्म भन्सारमा ३ जना कर्मचारी संक्रमित भएका थिए । बिहीबार थप ५ कर्मचारी सहीत ११ जना कोरोना संक्रमित भएपछि कर्मचारीहरू त्रसित भएर भागाभाग गरेका हुन । भन्सार गुल्ममा रहेका सशस्त्र प्रहरी र भन्सार क्लिीयरिङ एजेन्ट समेत संक्रमि भए पछि बिहीबार भन्सार कार्यालय सुनसान बनेको हो । भन्सारमा कोरोना फैलिएपछि कृष्णनगरको निजी निवासमा १० दिन देखि क्वारेन्टिनमा बस्दै आएका भन्सार प्रमुख बिष्णु कुमार पौडेलले कारोनाका कारण भन्सार सुनसान भएको बताए ।

कोरोनाका कारण भन्सारका कर्मचारीहरू तनावमा छन्। अहिले सम्म ८ जना कर्मचारीहरू सक्रमित भएका छन्। ‘भन्सारका कर्मचारी र ५ जना क्लिीयरिङ एजेन्ट समेत संक्रमित भएका छन, सबै डराएकाले अहिले भन्सार सुनसान जस्तै बनेको छ ।’ भन्सार प्रमुख पौडेलले भने ।  

बिहीबार भन्सारमा कारोवार शुन्य भएको र कोही पनि भन्सार एजेन्ट समेत नआएको उनले बताए । भन्सारमा केही कर्मचारीहरू खटिएपनि एजेन्ट नआउँदा कोरोवार नभएको उनले बताए । कृष्णनगर भन्सारमा ३४ जना कर्मचारी छन्। कोरोवार नभएपछि जिल्लाको सुठौली र भैरहवाको बेलहीया नाकाबाट सामानहरू पैठारी हुने बताइएको छ । कृष्णनगर भन्सारमा वार्षिक ४ अर्ब बढी राजस्व उठने गरेका छ ।

प्रकाशित: ११ भाद्र २०७७ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App