१० आश्विन २०८१ बिहीबार
image/svg+xml

दोलखामा दुई प्रहरीसहित ६ जना संक्रमित

गौरीशंकर गाउँपालिका पछि दोलखाको सदरमुकाम चरिकोट आसपासका क्षेत्रमै कोरोनाका संक्रमित देखिन थालेका छन्। भीमेश्वर नगरपालिका क्षेत्रबाट ६२ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिबार दिउसो आईपुगेको परिक्षण रिपोर्ट अनुसार नगरको चरिकोट आसपासका क्षेत्रमा ६ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज

शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

बिपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ ।

कोरोना संक्रमित बाँकेका ६२ वर्षिय वृद्धको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षिय पुरुषको मृत्यु भएको हो।

उपसभामुख तामाङ कोरोना संक्रमित

बाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना भाइरस संक्रमित भएकी छिन्। हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमितलाई मोटोपन खतरा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फिजिसियन तथा कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दास मोटोपन तथा अत्यधिक तौल संक्रमित हुनलाई कारक नभएको तर संक्रमण भइसकेको अवस्थामा खराब नतिजाका लागि जिम्मेवार रहेको मान्छन्

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ काठमाडौंका एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

अपहेलित बन्दै कोरोना संक्रमित

संक्रमित घरमा सावधानीपूर्वक बसिरहेको अवस्थामा घरबाहिर पुगेर ब्यानर टास्ने र उनीहरूलाई कमजोर पार्ने किसिमका कार्य नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

संक्रमित २५ हजार, मृत्यु १००

नेपालमा गत जेठमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको थियो। असारको अन्तिम सातासम्म मृत्युदर कुल संक्रमितमध्ये ०.२१ प्रतिशत रहेकोमा अहिले बढेर ०.३८ पुगेको छ।

भक्तपुरमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

भक्तपुरमा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार शुक्रबारसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या एक सय १५ पुगेको छ।

एक सयभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

वीर अस्पतालका एक वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण भएपछि उनी यतिखेर टिचिङ अस्पतालको कोभिड–१९ वार्डमा उपरचाररत छन्। उनमा गम्भीर समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना गरिएको हो। त्यसैगरी सोही अस्पतालका अर्का एक चिकित्सकमा पनि गम्भीर समस्या देखिएपछि टिचिङमै उपचार भइरहेको अस्पतालले जनाएको छ।

उपत्यकामा एकै दिन तीन संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण देशभरिमा एकैदिन पाँचजनाको मृत्यु भएको छ। तीमध्ये तीनजना काठमाडौं उपत्यकाका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्