११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तुमा १० प्रतिशत कोरोना संक्रमितको यात्रा विवरण नै छैन

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको कपिलवस्तुमा भेटिएका संंक्रमितमध्ये १० प्रतिशतको यात्रा विवरण (ट्राभल हिस्ट्री ) नै छैन ।

प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिए

शनिबार प्रदेश नं. १ मा कोभिड–१९ का संक्रमित ६१ जना थपिएका छन्। प्रदेशको उच्च जोखिम जिल्ला मोरङमा ४८ जनामा कोरोना पोजेटिभ भेटिएको छ।मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरी जिल्लाको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ५ को मृत्यु, मृतकको संख्या ७० : स्वास्थ्य मन्त्रालय

नेपालमा कोभिड १९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक/एक जना गरी पाँच जनाको मृत्यु भएको बताए ।

विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु

प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा बिरामी भई भर्ना भएका विराटनगरका एक व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। वराटनगर– ९ स्थित गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर जाँच गर्ने क्रममा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार सिरहाको गोलबजार निवासी २५ बर्षीय युवाको हिजो(बिहिबार) राति पौने ११ बजे निधन भएको हो।

वीरगन्जमा एकै दिन थपिए १ सय ४१ नयाँ संक्रमित

वीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको रिपोट अनुसार अहिलेसम्मै बढी एक सय ४१ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये एक प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साका ४३ जना थुनुवा रहेका छन्।

सिरहाका कोरोना संक्रमित युवाको मृत्यु

सिरहा गोगलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ। किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।

कांग्रेस नेता चौरसियालाई कोरोना संक्रमण

पुर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियामा कोरोना संक्र्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको पछिल्लो रिपोर्ट अनुसार ४३ संक्रमित देखिएका ४३ जनामध्ये एकजना नेता चौरसिया समेत रहेका छन् । ५६ वर्षीय नेता चौरसिया नेपाली कांग्रेसको तराई मधेस समन्वय विभागका प्रमुख समेत हुन ।

धरानमा १३ जना कोरोना संक्रमित थपिए, एकै परिवारका ५ जनामा संक्रमण

धरान उपमहानगरपालिकामा आज बिहानै एकै पटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एकै परिवारका ५ जना छन् भने एक जना तरकारी व्यापारी पनि हुन् ।

काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार काठमाडौंमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

मोरङको ५ स्थानीय तहमा संक्रमण

मोरङको पाँच वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रदेशका स्थानीय तहहरूले लकडाउन गर्न थालेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

मंगलबार नेपालमा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । हालसम्म ४ लाख ६ हजार ५ सय जनाको पिसीआर विधिबाट परीक्षण गर्दा २१ हजार ९ जनामा कोरोना संक्रमित भेटिएका छन । जसमध्ये ५८ जनाको मृत्यु भएको छ । १५ हजार २६ जना डिस्चार्ज भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्