coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा १३ जना कोरोना संक्रमित थपिए, एकै परिवारका ५ जनामा संक्रमण

धरान उपमहानगरपालिकामा आज बिहानै एकै पटक १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एकै परिवारका ५ जना छन् भने एक जना तरकारी व्यापारी पनि हुन् ।  

धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित १३ जना मध्ये ६ जना मात्र भारतबाट आएर क्वारेन्टाइनमा रहेका हुन् । अन्य घर, परिवारमा रहेका व्यक्तिहरुको रिपोर्ट पोजेटिभ आएकोले समुदायमा संक्रमण फैलिएको भन्न सकिने अवस्था सृर्जना भएको मेहताले बताए । उनका अनुसार वडा नं ३ मा एकै परिवारका ५ जनाका संक्रमण देखिएको छ । प्रिति भल्भ उद्योगको संक्रमित कामदारको कन्ट्याक ट्रेसिङको क्रममा यो परिवारको स्वाब परीक्षण गरिएको थियो ।

समुदायका संक्रमितमध्ये धरान ३ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुमा ८५ बर्षका पुरुष, ८० बर्षका महिला, ४० बर्षका पुरुष, ३६ बर्षकी महिला र ७ बर्षका बालक पनि छन् । यसैगरि, रिपोर्टमा धरान १८ उल्लेख भएको ४० बर्षका महिला पनि पोजेटिभ देखिएको छ तर, उनी वडा नं ११ को भएको मेहताले बताए । यस्तै, भारतबाट आएका ६ जना मध्ये ५ जना भारतीय आर्मी हुन् । उनीहरु सबै क्वारेन्टाइनमा नै थिए । धरानमा कुल संक्रमितको संख्या ४१ पुगेको छ । निरन्तर संक्रमितहरुको संखया बढ्दै गएपछि धरान उपमहानगरपालिकाले आज(बिहिबार)देखि ७ दिनसम्मलाई लकडाउन गरेको छ ।

सब्जी व्यापारी पनि कोरोना पोजेटिभ

एक जना सब्जी व्यापारीको पनि रिपोर्ट कोरोना पोजेटिभ आएको छ । धरान २ भानुचोकस्थित नरेन्द्र पथको सब्जी मण्डीमा तरकारी पसल चलाउने युवामा कोरोना पुष्टि भएको हो ।

उनी ९ सिद्धिविनायक पथमा डेरा गरि बस्छन् । उनी पछिल्लो पटक दोस्रो साता भारत गएर आएका थिए । त्यसपछि पनि उनी तरकारी बिक्री गरिरहेको पाइएकोले संक्रमण धेरैमा सारेको हुनसक्ने अनुमान गरिएको छ । ‘भारतबाट आएर पनि तरकारी बेचिरहेकोले धेरैलाई सारेको हो कि भन्ने चिन्ता थपिएको छ,’वडा नं २ का सदस्य धर्म तामाङले भने,‘अहिले उसको नजिकको पसल भएकाहरु र अरु पनि धेरै जना स्वाब टेष्ट गरिदिनु भन्दै आइरहेका छन् ।’

प्रकाशित: २२ श्रावण २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App