१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा १० प्रतिशत कोरोना संक्रमितको यात्रा विवरण नै छैन

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको कपिलवस्तुमा भेटिएका संंक्रमितमध्ये १० प्रतिशतको यात्रा विवरण (ट्राभल हिस्ट्री ) नै छैन । जिल्लामा शनिबार साँझसम्म ८ सय ४० कोरोना संक्रमित पुष्टि भएका छन् । त्यस मध्ये अहिले ८४ वटा सक्रिय केस छन् ।  

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार १० प्रतिशत कोरोना संक्रमितको यात्रा बिवरण पत्ता लगाउन सकिएको छैन । ती ब्यक्तिहरुको यात्रा बिवरण थाहा हुन नसक्दा कोरोना संक्रमण फैलने जोखिम रहेको उनले बताए । पालिकाहरुमा गठन गरिएको समिति निस्कृय हुुनु र संक्रमितहरुले समेत आवश्यक विवरण नदिँदा यात्रा बिवरण थाहा हुन नसकेको थापाले बताए ।  

उता संक्रमित मध्ये ८८ प्रतिशत भारतबाट आएका ब्यक्ति हुन् । भारत बाहेक अन्य देशबाट आएका २ प्रतिशत संक्रमित छन् । समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन द्रुत गतिमा गरिएको परीक्षणबाट बिभिन्न पेशा र समुदायका ३६ जना संक्रमित भेटिएका छन् । ८४ सक्रिय केस मध्ये लक्षणसहितका १४ छन् । एक जना बुटवल प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत छन् । पछिल्लो केही दिन यता जिल्लाका बैंकिङ संस्थामा कार्यरत १६ कर्मचारीहरु समेत संक्रमित भएका छन् ।  

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, बिद्युत कर्मचारी, ब्यापारी लगायत समुदायस्तरका मान्छे समेत कोरोना संक्रमित भएका छन् । कपिलवस्तुमा प्रदेश नम्बर ५ मै सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।  

२० देखि २५ वर्ष उमेर समूह सबै भन्दा बढी संक्रमित

कपिलवस्तुमा २०  देखि २५ वर्ष उमेर समूहका सबै भन्दा बढी संक्रमित भएको पाइएको छ । सो उमेर समूहका १ सय ७३ जना संक्रमित भएका छन् । यस्तै २५ देखि ३० वर्षका १ सय ४३ जना संक्रमित छन् । १५ देखि २० उमेरका १ सय ३३, ३५ देखि ४० का एक सय, ३० देखि ३५ उमेरका ९९ सय जना छन् । ४० देखि ४५ वर्षका ७२ जना, ४५ देखि ५० उमेरका ३६, १० देखि १५ वर्षका २२ जना, ५ देखि १० वर्षका १८ जना छन् । ५० देखि ५५ वर्षका १७ जना, जन्मेदेखिका ५ वर्षका १५ जना, ७० वर्षमाथिका ५ जना, ५५ देखि ६० का ४ जना, ६० देखि ६५ का २ तथा ६५ देखि ७० वर्षका एक जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित: २४ श्रावण २०७७ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App