११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुई चिकित्सकसहित वीरगन्जमा ३४ जना संक्रमित थपिए

वीरगन्जमा जिल्लाका ३१, बाराका २ र सुर्खेतका १ जना गरी ३४ जना कोरोना संक्रमित थपिएका छन्। ३४ मध्ये ४ जना महिला र बाँकी सबै ३० पुरुष हुन।नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा भएको पछिल्लो परीक्षणमा संक्रमित हुने हरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

बाँकेमा दिनहुँ बढ्दै कोरोना संक्रमित, उपमहानगरपालिका सिल

बाँकेमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले आइतबारबाट जिल्लाभर लागु गरेको निषेधाज्ञा जारी छ । जिल्लामा सोमबार पनि संक्रमितको संख्या बढेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार सोमबार नेपालगन्ज उपमहानगरपालिकाका एक जनप्रतिनिधीसहित ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरमा एक जना संक्रमितको मृत्यु

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत एक जना कोरोना भाइरस संक्रमति पुरुषको सोमबार मृत्यु भएको छ ।

आइसोलेसन जान मानेनन् कोरोना संक्रमित

कोरोना संक्रमण देखिएपछि आइतबार साँझ डाक्टरको हजुरआमा र फूपूलाई लिन जनप्रतिनिधि एम्बुलेन्ससहित पोखरा–४ स्थित उनको घर पुग्यो । शुरुमा वडाध्यक्ष र सचिवले घरधनी अर्थात चिकित्सकका बुबालाई बोलाए । बुबाको सट्टा उनकी श्रीमती बाहिर निस्किन् ।

भारतमा पाँचौं दिन पनि ५० हजारभन्दा बढी संक्रमित थपिए

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतममा यसरी ५० हजारभन्दा माथिको संख्यामा संक्रमित थपिएको यो पाँचौं दिन हो ।

संक्रमितको संख्या २० हजार नाघ्यो, ‘प्रभावकारी कदम नचाले स्थिति भयावह’

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो। तीमध्ये शनिबारसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

सिरहामा पनि समुदायमा भेटिए संक्रमित

शनिबार सिरहामा थपिएका पाँच जना संक्रमित मध्ये दुई जना समुदायमा बस्दै आएको पुरुषमा कोरोना पुष्टि भएको छ । सिरहा नगरपालिका–१६ पुरुष राजनीतिकर्मी र लहान नगरपालिका–८ का पुरुष स्वास्थ्यकर्मीसहित तीन जना क्वारेन्टिनमा रहेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना, संक्रिमतकाे संख्या २० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सो मध्य तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

ब्राजिलमा २४ घन्टामा ५२ हजार भन्दा बढी संक्रमित

ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

पाटनमा कोरोना संक्रमितको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर थसिखेलकी ६५ वर्षीया अस्पतालको आईसीयूमा कक्षमा उपचाररत थिइन् ।

जगदम्बा सिइओसहित ३ जना कोरोना संक्रमितको मृत्यु

बिहीबार राति जगदम्बा इन्टरप्राइजेजका सिईओसहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ५६ वर्षीय सिइओसहित वीरगन्ज–१६ का ३५ वर्षीय ब्यक्ति र वडा नम्बर २ छप्कैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

वीपीबाट झण्डै २४ घण्टापछि संक्रमितको शव लगियो

विराटनगरको कोशी कोभिड-१९ अस्पतालले बुधबार दिउँसो करिब एक बजेतिर एम्बुलेन्स चालकको साथमा एक संक्रमितलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । सिकिस्त अवस्थाका ती व्यक्तिको केही समयपछि नै पौने ५ बजे निधन भयो ।

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा ६ हजार ३४ जनाको आरडिटि परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित घरमै बस्दा छिमेकी त्रासमा

घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तर घरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्