२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

प्रदेश १ का पहिलो संक्रमित मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड १९ अस्पतालबाट रिफर भई आएका मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती व्यक्तिलाई विराटनगरबाट बुधबार दिउँसो १ बजे धरान ल्याइएको थियो ।  

उनको पौने ५ बजे भेन्टिलेटरमा उपचाररत अवस्थामा मृत्यु भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । ‘दिउँसो १ बजेतिर वीपीमा आएका थिए । सिकिस्त अवस्थामा भएकोले भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो,’उनले भने,‘पौने ५ बजेतिर निधन भयो ।’

योसँगै वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ३ जना पुगेको छ । प्रदेश १ का मृत्यु हुने संक्रमित भने उनी पहिलो हुन् । यसअघि प्रदेश २ का संक्रमितको वीपीमा उपचारको क्रममा निधन भएको थियो । प्रतिष्ठानले कोशी कोभिड अस्पतालले समन्वय नगरी संक्रमित व्यक्ति पठाएको जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले समन्वय नगरी पठाएको बताए । ‘सिकिस्त अवस्थामा केवल चालकको साथमा एम्बुलेन्समा प्रतिष्ठानसँग समन्वय नगरी संक्रमितलाई पठाएको थियो,’प्रवक्ता डा.सापकोटाले भने,‘समन्वय गरेर मात्र पठाउनुपर्ने थियो, त्यसो नगरेकोमा हामीलाई अत्यन्त दुःख लागेको छ ।’

प्रकाशित: १४ श्रावण २०७७ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App