११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘प्रशिक्षित कुकुरले कोरोना संक्रमित चिन्न सक्छ’

कुकुरको सुँघ्ने क्षमता मानिसको भन्दा १० हजार गुणा बढी हुन्छ। यही कारणले केही प्रशिक्षणप्राप्त कुकुरले क्यान्सर, मलेरिया र अन्य भाइरल संक्रमण सुँघेरै थाहा पाउन सक्छन्।

उपत्यकामा थपिए एक दिनमै ५३ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा २१ संक्रमित थपिए

प्रदेश १ मा २१ जनाकोरोना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयकाअनुसार मंगलबार प्रदेश १ मा २१ जना कोरोना संक्रमित थपिएका हुन् ।

जुम्लाका सबै संक्रमित निको भएर डिस्चार्ज

गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसका बारेमा सहजीकरण गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए ।

कपिलवस्तुमा २ शिक्षक र वडा सचिवसहित ३४ जना कोरोना संक्रमित थपिए

दुई साता स्थिर रहेको कपिलवस्तुमा फेरी एकै पटक ३४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार जिल्लाको शिवराज नगरपालिकामा कोभिड १९ का ३४ जनामा कोरोना पुष्टि भएको हो ।

राजधानीको महावौद्धमा कोरोना संक्रमित भेटिएपछि त्रास

काठमाडौंको व्यापारिक केन्द्र मानिने महाबौद्धमा कोरोना संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार एकै परिवारका पाँच जनालाई कोरोना पुष्टि भएपछि त्रास बढेको हो। हाल संक्रमित भेटिएको सय मिटर आसपासका पसलहरु बन्द गरिएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। ति संक्रमितले महाबौद्धको गणेशमन्दीर नजिकै अन्डरगार्मेन्डको पसल संचालन गर्दै आएका थिए।

प्रदेश १ मा २३ जना संक्रमित थपिए

प्रदेश १ मा २३ जना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा सोमबार २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

कर्णाली प्रदेश : लकडाउन खुल्यो, संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।

थप तीन जनाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेकाे संख्या ४८ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा–३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्क घात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए ।

कोरोना संक्रमितको संख्या साढे १८ हजार पुग्यो

शनिबार देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा एक सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११÷११ जना, पर्सामा आठ, कपिलवस्तु र जाजरकोटमा ६÷६ जना र दाङमा पाँचजना, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४÷४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३÷३ जनामा कोरोना पुष्टि भएको हो।

खोटाङमा फेरी देखिए संक्रमित

खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पूष्टी भएको हो ।

खोटाङमा फेरी देखिए संक्रमित

खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टी भएको हो ।

१०९ जना संक्रमित थपिँदा १०६ डिस्चार्ज

शनिबार थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ

कोरोना संक्रमित बजारमा घुमेपछि सदरमुकाम पूर्णरुपमा बन्द गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय इनरुवामा शुक्रबार भएको सर्वपक्षीय बैठकले इनरुवा बजार क्षेत्रलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले समुदायमा थप संक्रमण फैलन नदिन बजार, पसल पुर्णरुपमा बन्द गराउने निर्णय गरिएको बताए ।

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा शुक्रबार ११ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरस पुष्टि भएको छ । दैलेखका आठ, कालीकोटका दुई र जाजरकोटका एकजनामा कोरोना पृष्टि भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्