ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर थसिखेलकी ६५ वर्षीया अस्पतालको आईसीयूमा कक्षमा उपचाररत थिइन् ।
उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनलाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो । उनी हालसालै वीरगञ्जबाट काठमाडौं आएकी थिइन् ।
प्रकाशित: १६ श्रावण २०७७ ०९:०७ शुक्रबार