८ वैशाख २०८१ शनिबार
समाज

वीरगन्जमा एकै दिन थपिए १ सय ४१ नयाँ संक्रमित

वीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको रिपोट अनुसार अहिलेसम्मै बढी एक सय ४१ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये एक प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साका ४३ जना थुनुवा रहेका छन्।  

नयाँ थपिने संक्रमितहरुमा २१ जना महिला र एक सय २० जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए। यसमध्ये बाराका ४ र रौतहटका ४ जना गरी आठ जना छिमेकी जिल्लाका हुन्। अरु पर्सा जिल्लाकै वा बिभिन्न पेशा र ब्यवसाय गर्दै यहाँ बसोबास गर्दै आएकाहरु हुन। यसमा नेपाली सेनाका ५ जना पनि छन्। पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडा र टोलका मानिसहरु संक्रमित भेंटिएकोमा सबभन्दा बढी आइसिपी नाकासंग जोडिएको गाउँ सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट सबभन्दा बढी २२ जना संक्रमित थपिएका छन्।

श्रीपुर, तेजारथ टोल, चिनीमिल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, अशोक वाटिका, छपकैया, सबैठवा, पिपरा, रानीघाट, प्रतिमा चौक, गणेशमान चोक, आदर्शनगर, अलौं, भवानीपुर, सुक्खा बन्दरगाह नजिकको टोलबाट नयाँ संक्रमित थपिएका छन्। त्यसतै वीरगन्ज कारागारका २, नेशनल मेडिकल कलेजका १, तराई हस्पिटलका १, पशु अस्पतालका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रकाशित: २३ श्रावण २०७७ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App