१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु

विराटनगर महानगरमा मृत्यु हुनेको संख्या ३ पुग्यो

प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा बिरामी भई भर्ना भएका विराटनगरका एक व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। वराटनगर– ९ स्थित गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर जाँच गर्ने क्रममा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। मृतकका आफन्तले शुक्रबार बिहान उनलाई अस्पताल लगेका थिए। मृतक पुरुषलाई एक सातादेखि ज्वरो  खोकीले गर्दा श्वासप्रश्वासमा समस्या आएको थियो।  

‘बिहान ९ बजेतिर अस्पताल आएको र उनमा कोरोना भाइरसको लक्षण देखिएकाले आइसोलेसनमा भर्ना गरेका थियौं,’ कोसी अस्पतालका डाक्टर लक्ष्मीनारायण यादवले भने, ‘भर्ना गरेर जाँच गर्दै गर्दा मृत्यु भयो र उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आयो।’  

प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। जसमा मोरङको विराटनगर–५ का ७७ वर्षीय वृद्ध, विराटनगर–९ का ४५ वर्षीय पुरुष, विराटनगर–९ कै ५८ वर्षीय पुरुष, सुनबर्षीको ४० वर्षीय पुरुष र रंगेलीका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो।

प्रकाशित: २३ श्रावण २०७७ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App