७ वैशाख २०८१ शुक्रबार
समाज

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार सिरहाको गोलबजार निवासी २५ बर्षीय युवाको हिजो(बिहिबार) राति पौने ११ बजे निधन भएको हो।

ती युवा विगत २ बर्षदेखि नियमित डाइलाइसिस गराइरहेको र जनकपुरबाट रिफर भएर हिजो साँझ नै प्रतिष्ठान आइपुगेको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

‘हिजो साँझ वीपीमा आइपुगेका थिए, उनको अवस्था निक्कै सिरियस थियो,’डा. सापकोटाले भने,‘यहाँ पनि डाइलाइसिस गराउने क्रममा १० बजेर ४५ मिनेटमा मृत्यु भयो।’

प्रवक्ता डा.सापकोटाका अनुसार शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको बताए। प्रतिष्ठानमा यसअघि पनि प्रदेश नं २ का २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने मोरङको एक जनाको निधन भएको थियो।

प्रकाशित: २३ श्रावण २०७७ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App