५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतक मोरङको कटहरी गाउँपालिका १ घर भएका तर विराटनर ८ मधुमारामा बस्दै आएका थिए ।  ४७ वर्षीय ती पुरुषको उपचारको क्रममा  अपरान्ह ५ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राति अस्पतालमा भर्ना भएका उनको  कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा आइतबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

‘अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो, अस्पतालले भन्यो, ‘उपचारको क्रममा मृत्यु हुनपुग्यो ।’ कोशी अस्पतालमा यसअघि ७ जना  संक्रमितको मृत्यु भइसकेको छ । योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

यसअघि विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १÷१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका १ जना र बुढीगंगाका १ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित: १ भाद्र २०७७ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App