१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बिपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ । धरानका ६७ वर्षीय एक संक्रमित पुरुषलाई प्रतिष्ठानमा प्लाज्मा थेरापी उपचार गरिएको हो । निमोनिया भएर उपचार गर्न अस्पताल गएका उनलाई साउन २९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको अवस्था गम्भीर हुँदै गएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो । उनका लागि नेपाल रेडक्रस सोसाइटी सुनसरीको पहलमा कोभिड निको भएका बी पोजेटिभ रगत समूहका व्यक्तिको खोजी गरिएको थियो । सामाजिक सञ्जालमार्फत आह्वान गर्दा मोरङको सुन्दरहरैंचा १ का २५ वर्षीय युवा सम्पर्कमा आएर रक्तदान गरेका थिए ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्राडा सञ्जीव शर्माले सोमबार राति नै संक्रमित बिरामीलाई प्लाज्मा थेपारी दिइएको बताए । प्लाज्मा संक्रमित बिरामीका लागि औषधि नै भएको उनको भनाइ छ । ुप्लाज्मा थेरापी औषधि नै हो, त्यही प्लाज्मामा भाइरस मार्ने एन्टिबडी हुन्छ,ु प्लाज्मा थेरापीबारे सरकारद्वारा गठित केन्द्रीयस्तरको समितिका सदस्यसमेत रहेका डा. शर्माले भने, कोडिभ निको भएका व्यक्तिलाई रक्तदान गर्न म आह्वान गर्छु । उहाँहरूले रक्तदान गर्नुभयो भने हामी प्लाज्मा छुट्याएर राख्छौं, र आवश्यक पर्दा लगाउछौं ।

राती एनेस्थेसियाका डाक्टर विकास अधिकारी र इन्टरनल मेडिसिनका डाक्टर श्यामबाबु बसेर संक्रमितलाई प्लाज्मा थेपारी लगाएका थिए । डा.श्यामबाबुका अनुसार वीपीमा पहिलो पटक भएको हुनाले र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले बृहत् छलफल गरेर निर्णय गरेको थियो । बिरामीमा अहिले धेरै राम्रो सुधार भइरहेको अस्पतालले बताएको छ ।  

कोभिड संक्रमण भएको व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्न एन्टिबडी बनेको हुन्छ । उक्त एन्टिबडीको काम भाइरसको प्रतिरोध गरेर मार्ने हो । एन्टिबडी बनेर भाइरसलाई मारेपछि बिरामी निको भएको हुन्छ । कोभिड निको भइसकेको व्यक्तिको शरीरमा भएको एन्टिबडीलाई नै रोग प्रतिरोध क्षमता कमजोर भएका अर्का संक्रमित विरामीलाई चढाइदिने विधि नै प्लाज्मा थेपारी हो । नेपालमा यसअघि राजधानीमा विराट नर्सिङका डा. ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट उपचार गरिएको थियो ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App