२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

इलामको देउमाईमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो।   

प्रकाशित: ८ माघ २०८२ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App