प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ। पछिल्लो प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ४ हजार २ सय ६१ मतको अन्तरले पछि पारेका छन्।
महर्जनले हालसम्म १४ हजार ४ सय १८ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन्। उनलाई नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार उदयशमशेर जबराले १० हजार १ सय ५७ मतका साथ पछ्याइरहेका छन्।
त्यसैगरी, नेकपा एमालेका चेतनाथ सन्जेल ५ हजार २ सय ५९ मतसहित तेस्रो स्थानमा छन् भने उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले २ हजार ३ सय ३४ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका सुनील महर्जन १ हजार ६ सय १४ मतका साथ प्रतिस्पर्धामा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०४:५२ शनिबार





