१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो

भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४ सय ७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् । हाल संक्रमित अवस्थामा रहेका ती व्यक्तिहरूको शारिरीक अवस्थाअनुसार अस्पताल र घरमा  क्वारेन्टिानमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना संक्रमण शुरु भएयता भारतमा यस रोगबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ ।

प्रकाशित: १० भाद्र २०७७ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App