१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

१२ घण्टा नबित्दै वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो १२ घण्टा पनि नबित्दै ३ जना कोरोना संक्रमतिको उपचारको क्रममा निधन भएको छ। हिजो (बिहिबार) पौने ७ बजे सिरहाको५५ बर्षीय एक संक्रमितको निधन भएको थियो। आज बिहानै थप २ जना संक्रमितको कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आज बिहानै मृत्यु हुनेमा झापाका ८३ बर्षीय वृद्ध र मोरङकी ५६ बर्षीया महिला छिन्।

झापाको दमक ३ घर भएका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए। भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए। उनको आज बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतकको मृगौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। उनलाई अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वारो आएपछि उपचारको लागि अस्पताल लगिएको थियो।

यस्तै, अर्का मृतक मोरङ बेलबारी ५ की महिलालाई कोशी अंचल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन्। उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो। उनको पनि आज बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई पनि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएर उपचारको लागि अस्पताल लगिएको थियो।

मृतक महिलाबारे धेरै जानकारी नभएको र आफन्तसँग पनि सम्पर्क हुन नसकिरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। दुवैको शव व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित: १२ भाद्र २०७७ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App