१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमित थप एक महिलाको मृत्यु

मोरङको बेलबारीकी एक महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ । कोरोना भाइरस संक्रमित महिलाको शुक्रबार बिहान ३ बजे १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  

बेलबारी–५ की ५६ वर्षीया महिला र झापा दमक–३ का ८३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । ‘भदौ ९ गते प्रतिष्ठानमा भर्ना भएकी महिला विराटनगरस्थित कोसी अस्पतालबाट रिफर भइआएकी थिइन्,’ प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने, ‘कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएकी महिलाको शुक्रबार बिहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको र प्रतिष्ठानमा आउँदा अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो आएको थियो ।’  

त्यसैगरी, झापा दमक–३ घर भएका कोरोना भाइर संक्रमित ८३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण २७ जनाको मृत्यु भइसकेको छ भने प्रदेश १ बाट २० जना र उपचारका लागि प्रदेश २ बाट आएका ७ जनाको मृत्यु भएको छ ।  

 

प्रकाशित: १२ भाद्र २०७७ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App