१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

झापाका एक जना कोरोना संक्रमितको धरानमा मृत्यु

झापामा एक जना कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । दमक नजिकै कमल गाँउपालिकाका एक बृद्धको कोरोनाले मृत्यु भएको कमल गाँउपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले बताए । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ८३ वर्षिय बृद्धको मृत्यु भएको हो ।

उनमा सुगर, प्रेसर र किडनीमा पनि समस्या रहेको थियो । कोरोना कारण झापाका दोश्रो ब्याक्तिको मृत्यु भएको हो । यसभन्दा अघि दमकका एक ब्याक्तिको कोरोना संक्रमणले काठमण्डौमा मृत्यु भएको थियो । कमल गाँउपालिकामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ ।

साउन ३२ गते उनको स्वाब परीक्षण भर भदौ ३ गते रिर्पोट आएको थियो । उनि शुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि आएका थिए । त्यसपछि उनि बिएण्डसी अस्पताल गएका थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: १२ भाद्र २०७७ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App