१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

वीपीमा सिरहाका एक कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश २ को सिराह नगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा आज(बिहिबार)  साँझ निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पताल निधन भएको हो । मृतक भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका थिए । 

उनको पिसिआर रिपोर्ट भदौ ७ गते पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने सिकिस्त हुदै गएपछि उनलाई २ दिनदेखि आइसियुमा उपचार गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

मृतक विरामी भएपछि उनको परिवारले सिधै वीपी प्रतिष्ठान धरान ल्याएको थियो । वीपीमा आउनु भन्दा ३ दिन अघिदेखि मृतकलाई निरन्तर खोकी लागेको थियो भने श्वास फेर्न समस्या र ज्वरो पनि आएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या भएको र २० वर्ष अघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए । 

प्रकाशित: ११ भाद्र २०७७ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App