१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा कोरोना संक्रमित पुरुषको अस्पताल पुग्नासाथ निधन

कोरोना संक्रमणले पोखरामा एक पुरुषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन पुगेका पोखरा महानगरपालिका–१६ का ५२ वर्षिय पुरुषको शुक्रबार मध्यान्ह मृत्यु भएको हो।  

ती पुरुषमा कोरोना संक्रमणको पुष्टि शुक्रबार बिहान भएको थियो। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पतालको कोभिड–१९ उपचारकेन्द्रमा स्वासप्रश्वासको समस्या लिएर उनी शुक्रबार नै अस्पताल पुगेका थिए। आचार्यका अनुसार उनमा उच्च रक्तचाप, मधुमेह लगायतका रोग थिए। उपचारको क्रममा शुक्रबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको आचार्यले बताए।  

‘कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा आएको करिब डेढघण्टामै उनको मृत्यु भयो,’ निर्देशक आचार्यले भने। क्षेत्रीय अस्पतालमा अहिलेसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म १० जनाको कोरोनाबाट ज्यान गएको छ।

प्रकाशित: १२ भाद्र २०७७ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App