coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाराका थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका ४ मल्हनीका ५९ वर्षीय गेनालाल प्रसाद साह र सुवर्ण गाउँपालिका ४ पर्शुरामपुरका ७२ वर्षीय भुपलाल प्रसाद यादव रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि गेनालाल प्रसाद साहलाई साउन ४ गते र भुपलाल प्रसाद यादवलाई साउन ६ गते थप उपचार गर्नको लागि गण्डक अस्पतालमा भर्ना गरिएको उपरीक्षक पगेनीले बताए।

उपचारकै क्रममा मंगलवार बिहान ६ बजे यादवको र बिहान ८ बजे साहको मृत्यु भएको बताए।

मृत्यु भएका यादव र साह लामो समयदेखि विभिन्न रोगको कारण बिरामी रहदै आएका परिवारबाट जानकारी आएको प्रहरीको भनाई छ।

यो सँगै कोरोनाको संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

यसैगरी मंगलबार बाराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ। यो संगै बारामा कोरोना संक्रमित हुनेहरुको संख्या सात सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७७ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App