coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, मृतक संख्या १ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर ३० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३

बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

कोरोनाबाट एक सैनिकको मृत्यु

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ। काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रदेश २ मा एकैदिन ५ को मत्यु

प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।

बाराका थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

काेराेनाबाट थप तीनकाे मृत्यु, नेपालमा मृतककाे संख्या १०२

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

मोरङका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सप्तरीमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

सप्तरीको राजबिराज नगरपालिका– ६ का ८० वर्षीया जेष्ठ नागरिकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका उनलाई गजेन्द्रनारायण सिंह कोभिड अस्पतालको आईसोलेसनमा ल्यउँदै गर्दा ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।

प्रदेशिक कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक कोभिड अस्पतालमा उचाररत धनुषाका ६० वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ। छातीमा समस्या भएर उपचारका लागि प्रादेशिक अस्पतालमा आएका उनको दश दिनअघि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

नेपालमा काेराेनाबाट थप तीन जनाकाे मृत्यु, मृतककाे संख्या ७३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।

थप २ जनाको मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० पुग्याे

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्