१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर महानगरपालिका–८ का कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार रातिनिधन भएको छ। विराटनगरस्थित कोसी अस्पताल कोभिड१९ उपचार केन्द्रमा विराटनगरका एक ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  

मृतकका परिवारको एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा उनको स्वाब भदौ ४ गते बिहीबारपरीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा लग्यो।  

अवकाश प्राप्त शिक्षक रहेका पुरुषको स्वाब संकलन गरेको चार दिनका दिन आइतबार दिउँसो ३ बजे ‘पोजेटिभ’ रिपोर्ट आयो। दिउँसो पोजेटिभ रिपोर्ट आएका पुरुषलाई स्वास्थ्यमा थप समस्या आएपछि साँझ ६ बजेतिर उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ।  

मृतक पुरुषलाई श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि अस्पताल लगिएको थियो। ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ डाक्टर दीपक सिग्देलले भने, ‘धेरै प्रयास गरे पनि बचाउन सकिएन।’  

मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित तीन जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ। मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो। स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा बसेका छन्।  

कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा संक्रमितको मृत्यु हुनेको संख्या दुई पुगेको छ। यी दुवै जना मृतक विराटनगर घर भएका हुन्। हालसम्म विराटनगरका ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

प्रकाशित: ८ भाद्र २०७७ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App