१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

७४ जना कोरोना संक्रमित थपिँदा २० जना डिस्चार्ज

प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना भाइरसका संक्रमति थपिँदा २० जना डिस्चार्ज भएका छन् । प्रदेशको सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोसी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैँचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।  

त्यस्तै झापाको कमलगाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ४ पुगेको छ ।  

प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमलका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २८ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ८ जना रहेको मन्त्रालयले जनाउको छ ।  

प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आइसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा शुक्रबार १ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८५ हजार २ सय २ जनाको पिसिआर परीक्षण भएकोक छ ।

प्रकाशित: १२ भाद्र २०७७ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App