१३ भाद्र २०८१ बिहीबार
image/svg+xml

क्वारेन्टिनबाट घर फर्कदा बाटैमा कोरोना पुष्टि भएपछि...

जिल्लाको मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका पाँचपोखरी–६ का दुई पुरुषको बुधबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना नभएको रिपोर्ट पठाएसँगै उनीहरु त्यसै दिन डिस्चार्ज भए । तर अबेला भएकाले घर जान पाएनन्, क्वारेन्टिनमै रात बिताए ।

स्वदेशकालाई आरडिटी, विदेशकालाई पिसिआर

तिला गाउँपालिका ९ का चार जना दुई महिनाअघि सुर्खेतदेखि जुम्ला पुगे । उनीहरु मध्ये केही पैदल हिँडर पाटन हुँदै आएका थिए । केही सडक मार्ग हुँदै गाडीमा । उनीहरु सबैलाई भैरव आधारभुत विद्यालय जोगिवाडामा निर्माण गरिएको क्वारेन्टिनमा राखियो । चौध दिनसम्म उनीहरु क्वारेन्टिनमै बसे ।

क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधी क्षमताका औषधिजन्य जडिबुटी बाँडिदै

कोरोना जितेर स्वस्थ्य हुनेहरुले भनेका छन्–‘शरीरमा आत्मविश्वास र रोग प्रतिरोधी क्षमताको विकासले कोरोनालाई सजिलै परास्त गर्न सकिन्छ’ । कोरोना जितेर फर्किएकाहरुको यिनै अनुभवलाई आधार मानेर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले क्वारेन्टिनमा रहेका र उनीहरुको स्याहार तथा रेखदेखमा खटिएका जनशक्तिका लागि रोग प्रतिरोधी क्षमता बढाउने आयुर्बेदिक जडिबुटी प्रदान गर्न थालेको छ ।

संक्रमणको इपिसेन्टर बन्ने खतरामा क्वारेन्टिनहरू

अत्यधिक भीडले गर्दा रौतहटका क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमणको इपिसेन्टरको रुपमा विकास हुने खतरा रहेकोमा स्थानीयहरू चिन्ता व्यक्त गर्न थालेका छन् । स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि रिपोर्ट नआउँदा संक्रमित र असंक्रिमतबीच क्वारेन्टिनमा भइरहेको सामान्य व्यवहारले क्वारेन्टिन नै संक्रमणको इपिसेन्टर बन्ने खतरा रहेको आशंका गरिन थालिएको हो ।

आरडिटी पोजिटिभको पीडा : ‘महिना बित्यो पिसिआर रिपोर्ट आएन’

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) पोजेटिभ आएका बैतडीका स्थानीय लामो समयदेखि क्वारेन्टिनमा बस्दै आएका छन् । नेगेटिभ आएकाहरुलाई घर पठाइ पनि आरडिटी पोजिटिभ देखिएकाहरुको भने एक महिना पुग्न लाग्दा पिसिआर रिपोर्ट आएको छैन ।

पिसिआर रिपोर्ट आउनै ढिलाइ, क्वारेन्टिन ब्यवस्थापनमा खर्च बढ्दो

गोरखामा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । गोरखामा चार सय २२ जनाको स्वाब संकलन गरिएको मध्ये दुई सय २२ जनाको नेगेटिभ, १० जनामा कोरोना पोजेटिभ देखिएको छ । दुई सय १० जनाको स्वाब जाँच हुन सकेको छैन । क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरेको गण्डकी प्रदेशको प्रयोगशाला पठाइन्छ ।

होटललाई क्वारेन्टिन: होटलको महंगो मुल्य तिर्न सक्छन ?

चारतारे सरहको सुविधायुक्त होटल बाराहीले कोरोना भाईरस संक्रमणको त्रासले विदेशबाट फर्केका नेपालीका लागि क्वारेन्टिन बनाउने गरि ५० कोठा (एकसय बेड) छुट्याएको छ । बाराहीले कोठामा एक्लै बस्नेका लागि प्रतिरात ६ हजार र एउटाकोठामा दुईजना बस्दा प्रतिव्यक्ति प्रतिरात ४ हजार रुपैयाँका दरले मुल्य तोकेको छ ।

क्वारेन्टिनमा बसेका एक जनाको उपचारको क्रममा मृत्यु

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक जनाको बाटोमै मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले बताईन् ।

क्वारेन्टिनमा भोकभोकै बालबालिका

सामान्यतयाः दुई वर्षदेखि माथिका बालबालिकालाई बिहान–बेलुकीको खानासँगै दिनमा कम्तीमा पनि चारपटक खाजा र ‘स्न्याक्स’ खुवाउनुपर्छ। उनीहरुलाई दैनिक चारपटक खाजा, फलफुल खुवाउनुपर्छ।

रिपोर्ट ढिलाइले क्वारेन्टिनमा तनाव

सर्लाही स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीका विभिन्न पालिकाले स्थापना गरेको क्वारेन्टिनमा तनाव बढ्न थालेको छ । लामो समयसम्म बस्नुपरेको भन्दै क्वारेन्टिनमा रहेका सर्वसाधारणले स्वास्थ्यकर्मी, भान्सेलगायतलाई दुर्व्यहार गर्नेजस्ता घटना हुन थालेका छन् । पालिकाका प्रमुख/अध्यक्ष एवं कर्मचारी क्वारेन्टिन स्थलमा आए ढुंगामुढासहित आक्रमणसमेत हुन थालेको छ ।

क्वारेन्टिनमा कोरोना संक्रमणको बढ्दो ग्राफ

सप्तरीको बलाना बिहुल गाउँपालिकाको तीन वटा विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । जसमध्ये जनता माध्यमिक विद्यालय सेहरा क्वारेन्टिनका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका ३३ जना क्वारेन्टिनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भारतबाट आएका ३३ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतका विभिन्न स्थानबाट एकैसाथ आएका ३३ जनालाई मंगलबारदेखि स्वास्थ्यचौकी महादेवस्थानको क्वारेन्टिनमा राखिएको हो ।

क्वारेन्टिनमै मनोसामाजिक परामर्श

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ।

चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने

चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ।

स्थानीयको विरोधले क्वारेन्टिन विस्तारमा सकस

नगरबासीबाट विरोधको सामना गर्नुपरेपछि धरान उपमहानगरपालिकालाई क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको छ । विदेशबाट आएकालाई केही समय समुदायबाट अलग्गै राख्न स्कुलको भवनमा क्वारेन्टिन निर्माण गर्न उपमहानगरले तयारी गर्दा स्थानीयवासीले विरोध गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्