coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीयको विरोधले क्वारेन्टिन विस्तारमा सकस

नगरबासीबाट विरोधको सामना गर्नुपरेपछि धरान उपमहानगरपालिकालाई क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको छ । विदेशबाट आएकालाई केही समय समुदायबाट अलग्गै राख्न स्कुलको भवनमा क्वारेन्टिन निर्माण गर्न उपमहानगरले तयारी गर्दा स्थानीयवासीले विरोध गरिरहेका छन् ।

कोरोना सर्छ भन्ने बुझाइको कारण उपमहानगरपालिकाले थप क्वारेन्टिन विस्तार गर्न सकिरहेको छैन । यसअघि धरान–१३ फुस्रेस्थित आर्मी स्कुलमा क्वारेन्टिन निर्माण गरिएको थियो । त्यो अहिले सञ्चालनमा छैन । त्यहाँको क्वारेन्टिनलाई धरान–१७ स्थित एन्फा एकेडेमीमा स्थानान्तरण गरिएको छ । त्यहाँ ६१ शड्ढया  क्षमताको मात्र भएकोले क्वारेन्टिनस्थल नयाँ व्यवस्थापन गर्नुपर्ने उपमहानगरपालिकालाई बाध्यता छ ।

विदेशबाट आउनेको संख्या वृद्धि हुँदै गएकाले एन्फा क्वारेन्टिनमा शड्ढया अभाव हुने अवस्था आएपछि उपमहानगरले थप क्वारेन्टिन बनाउन पहल थालेको थियो । हुन त एन्फामा पनि क्वारेन्टिन बनाउन नदिने भन्दै सुरुआतमा विरोध भएको थियो । पछि, वडाध्यक्षले सम्झाएपछि स्थानीय पछि हटेका थिए । धरान–१६ स्थित शारदा बालिका माविमा क्वारेन्टिन विस्तार गर्ने तयारी गर्दा स्थानीयको विरोधले त्यहाँ क्वारेन्टिन बन्न सकेन । त्यसपछि धरान–१५ स्थित नवज्योति स्कुलमा क्वारेन्टिन बनाउन विद्यालय प्रशासनलाई भवन माग गरेर उपमहानगरपालिकाले पत्राचार ग¥यो । तर स्थानीयवासी एवं अभिभावकहरूले विद्यालयमा क्वारेन्टिन बनाउन नदिने भन्दै आइतबार विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएपछि अन्योल सिर्जना भएको छ ।

धरानका मेयर तिलक राईले नगरबासीकै लागि क्वारेन्टिन बनाउन लागिएकाले विरोध नगर्न आग्रह गरेका छन् । ‘नगरबासी त्रसित भएर क्वारेन्टिन राख्न नदिने भन्न थालेपछि काम गर्न असहज भइरहेको छ । मानिसहरू आउने क्रम बढेकाले तत्काल क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हाम्रा दाजुभाइ जो विदेशबाट फर्कंदै हुनुहुन्छ, उहाँहरूलाई राख्न हो तर बुझाइमा फरक परेकाले समस्या भइरहेको छ ।’

सुनसरी जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले क्वारेन्टिन राख्दैमा कोरोना संक्रमण फैलिन्छ भन्ने गलत बुझाइ भएको बताए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रोटोकलअनुसार पनि संक्रमण भएको व्यक्तिसँग एक मिटरभित्र र १५ मिनेटसम्म बस्दा मात्र कोरोना सर्छ भन्ने छ । प्रभावित देशबाट आएकाहरू सिधै घरपरिवार वा समाजमा पुग्दा उच्च जोखिम हुने भएकाले उनीहरूलाई अलग्गै सुरक्षित राख्न क्वारेन्टिन अत्यावश्यक भएकाले त्रसित हुनुनपर्ने उनको भनाइ छ । ‘विदेशबाट आउने मान्छेलाई राख्ने हो, उनीहरूलाई दूरीमा राखिन्छ । खाना अलगै हुन्छ,’ प्रसार्इंले भने, ‘क्वारेन्टिनभित्रै त सर्दैन भने बाहिर समुदायमा सर्छ भन्ने त हुँदैहुँदैन । त्यसैले त्रसित हुनुपर्दैन ।’

विदेशबाट आएकाहरूलाई एक ठाउँमा होल्ड गरेर राख्न सक्यौं भने मात्र कोरोनालाई समाप्त गर्न सकिने भएकाले सहयोग, समन्वय गर्न उनले सबैलाई आग्रह पनि गरे । क्वारेन्टिनस्थलमा कोही पनि भित्र प्रवेश गर्न र बाहिर निस्कन नपाउने हुनाले सबै सुरक्षित हुने उनले बताए । ‘मान्छेलाई परबाट हेर्ने, देख्नेबित्तिकै सर्दैन । यो हावाबाट सर्ने रोग होइन । खोक्दा मुखको छिटाबाट सर्ने हो । एकले अर्कोलाई छोएको छ भने त्यही हातले नाक, मुख छुँदा सर्ने हो,’ उनले भने, ‘क्वारेन्टिन हुँदैमा डराउनुपर्दैन ।’

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App