२३ श्रावण २०७७ शुक्रबार

सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध

तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतिर सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो ।

भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ ।

चितवनमा सोती नरसंहारको विरोध प्रदर्शन

रुकुम पश्चिमको सोतीमा भएको नरसंहारको घटनाका दोषीलाई कारबाहीको माग गर्दै चितवनको रत्ननगरमा मङ्गलबार विरोध प्रदर्शन गरिएको छ ।

सडकमा धान रोपेर ठेकदारको विरोध

धान दिवसको अवसरमा नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा स्थित सडकमा धान रोपेर ठेकेदारको विरोध गरेका छन् । 'यसपालीको असार १५ गतेको रोपाई, सडकमा जोताई' भन्ने नारा सहित स्थानीयहरु हातमा कालो भन्डा, ब्यानर, कोदाली र धानको विऊ लिएर सडकमा उत्रिएका थिए ।

नागरिकता विधेयक र राजु सदाको मृत्युको विरोधमा जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कदमहरुको विरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दल धनुषाले जनकपुरमा लागातार चौथो दिन प्रदर्शन गरेको छ ।

नागरिकता संशोधनको रौतहटमा व्यापक विरोध

पूर्ण बहुमतको सरकार रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नागरिकता ऐनमा संशोधन गर्ने निर्णय गरेसँगै रौतहटमा सरकारको व्यापक विरोध सुरु भएको छ । नेकपाकै निर्णयलाई संसदको राज्य व्यवस्था समितिमा पनि बहुमतको आधारमा निर्णय पारित गरेपछि रौतहटका सबै प्रमुख दलका नेताहरु विरोधमा उत्रेका छन् ।

म्याग्दीमा युवाहरूले गरे प्रदर्शन

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा यूवाहरूले विभिन्न नारा लेखेको प्लेकार्डसहित विरोध जनाएका हुन् ।

बालुवाटारमा विरोध प्रदर्शन

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

स्थानीयको विरोधले क्वारेन्टिन विस्तारमा सकस

नगरबासीबाट विरोधको सामना गर्नुपरेपछि धरान उपमहानगरपालिकालाई क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको छ । विदेशबाट आएकालाई केही समय समुदायबाट अलग्गै राख्न स्कुलको भवनमा क्वारेन्टिन निर्माण गर्न उपमहानगरले तयारी गर्दा स्थानीयवासीले विरोध गरिरहेका छन् ।

विरोधमा बजार खुल्न थाले

सरकारले ७४ दिनसम्म लकडाउनलाई निरन्तरता दिएपछि व्यवसायी पसल खोल्न पाउनुपर्ने भन्दै विरोधमा उत्रिएका हुन् । काठमाडौं र बाहिर बिहीबार केही सहरमा विरोधस्वरुप पसल खोलिएको छ । लकडाउनको अवज्ञा गर्दै व्यापारी सडकमा उत्रिएपछि प्रहरी प्रशासन निरीह बनेको छ । सरकारले बिहीबार विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिए पनि लकडाउनको मोडल परिमार्जन गर्ने नयाँ नीति ल्याएको छैन ।

रुकुम पश्चिम घटनाको विरोधगर्दै पोखरामा धर्ना

रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्‍यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेच्न लागेको भन्दै विरोध

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको मारमा परेकाहरुलाई वितरण गर्न ल्याइएको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

सामाजिक संजाल बन्यो विरोध गर्ने माध्यम

नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि विवाद उत्पन्न भएको छ। भारतले अन्तराष्ट्रिय सीमा सम्बन्धी नियमको उल्घन गरेको भन्दै नेपालमा विरोध सुरु भएको हो। नेपालका केहि विद्यार्थी संगठनले लकडाउनको उल्घन गदै सडकमा आउन समेत प्रयास गरे।

लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन (फोटो फिचर)

लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। बानेश्वर संसद भवन नजिक युवाहरुले सेभ द बोर्डरको नारा लगाएका थिए। बानेश्वरको पानीट्याङकीबाट संसद भवनतर्फ आइरहेको टोलीलाई प्रहरीले रोकेको थियो।

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्