नेपाल प्रिमियर लिग (एनपिएल) को ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएको छ।
यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार ओमोडा एन्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ।
क्यानले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि सह-प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसॅंग साझेदारी गरेको हो। क्यानका सचिवका र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गरे। उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे।
कम्पनीले ओमोडा एन्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुऱ्याउने विश्वास लिएको छ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को। लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो। उक्त गाडीको नेपाली बजारमा मूल्य रहेको छ।
आगामी मंसिर १५ गतेदेखि एनपिएल सुरू हुँदै छ। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ।
एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। एनपिएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ।
प्रकाशित: ११ मंसिर २०८१ १६:१६ मंगलबार