११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न उपसमिति गठन

संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले उपसमिति गठन गरेको छ।समितिको मंगलबार बसेको बैठकले सांसद वेदुराम भुषालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको हो।

समितिमा गंगाकुमारी वेल्वासे, गोपाल भट्टराई, विष्णुदेवी पुडासैनी र मृगेन्द्रकुमार सिंह यादव सदस्य छन्। एक महिनाको समय पाएको उपसमितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउने छ।

संघीयता कार्यान्वयनका लागि ४० वटा कानुन अत्यावश्यक भएको औँल्याएको थियो। उपसमितिले तीमध्ये कति निर्माण भए र अब निर्माण हुन बाँकी छन्‚ कस्ता कानुन तत्काल आवश्यक छन् लगायतका विषय अध्ययन गर्नेछ।

प्रकाशित: ११ मंसिर २०८१ १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App