७ वैशाख २०८१ शुक्रबार

दक्षिण कोरियाले क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता हटाएपछि नेपाली श्रमिकलाई सहज

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन कार्यालय नहुँदा समस्या

वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ।

बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई क्वारेन्टिन खर्च दिने

कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले१० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

कामदारलाई पाँच दिन होटल क्वारेन्टिन

मन्त्रिपरिषद्ले जारी गरेको नयाँ मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट फर्कनेसँग कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट र होटल बुकिङ हुनुपर्नेछ।

बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सुरु

काठमाडौँको किंग्स कलेजले व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्र सुरु गरेको छ। कलेजले बबरमहलमा बनाएको नयाँ भवनमा सो केन्द्र सुरु गरेको हो।

क्वारेन्टिनको लागि १० होटल तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई सिधै क्वारेन्टिनका लागि तोकिएका होटलमा लैजाने सरकारको तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तोकिएका होटलहरू ललितपुर र भक्तपुरका एक–एकसहित काठमाडौंका छन्।

अन्यत्रबाट आउनेलाई होम क्वारेन्टिनमा बस्न आग्रह

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। कोभिड–१९ को दोश्रो लहरको संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो।

घोराही उपमहानगरको ‘कोरोना खर्च’ - झण्डै तीन करोड

नागरिकले सूचनाको हक प्रयोग गर्दै माग गरेको सुचना अनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आईशोलेशन कायम रहँदा सम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रुपैयाँ खर्च गरेको छ ।

पर्यटकलाई मापदण्ड अवरोध

उडान खुलेसँगै सरकारले आठ महिनापछि नोभेम्बर १७ देखि नेपालमा विदेशी पर्यटक आगमन खुला गरे पनि सरकारी मापदण्डका कारण पर्यटक संख्या बढ्न सकेको छैन। बन्दाबन्दीको आठ महिनापछि पर्वतारोहण र पदयात्रा नियमित भए पनि अझै विदेशीलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता कायमै रहेकाले पर्यटक संख्या बढ्न नसकेको व्यवसायीको बुझाइ छ।

कोरोनाका नाममा लुट : खरिदै नभएका सामाग्री र नखुवाईएको खाना–खाजामा लाखौँ खर्च

वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ । अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ ।

‘एकसाता होटल क्वारेन्टिन’ प्रावधानले विदेशी तर्सिए

नेपालको झन्झटिलो भिसा प्रक्रिया र एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने भएपछि विदेशीले पनि नेपाल यात्रा रोकेका छन् ।

विदेशीको जिज्ञासा–खोप लगाएपनि क्वारेन्टिन बस्नैपर्ने हो र ?

खोप लगाइसकेका पाहुनाले हिडडुलको योजना त बनाएका छन, तर, क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम रहिरहँदा ती पाहुना भने अन्योलमा छन् ।

बेलायतले क्वारेन्टिन अवधि घटाउने

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्