१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट आएका ३३ जना क्वारेन्टिनमा

क्याप्शन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भारतबाट आएका ३३ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतका विभिन्न स्थानबाट एकैसाथ आएका ३३ जनालाई मंगलबारदेखि स्वास्थ्यचौकी महादेवस्थानको क्वारेन्टिनमा राखिएको हो ।  

झापामा हप्ता/दश दिन बिताएका उनीहरु को १ ख ७९६२ नम्बरको बसमार्फत नगरपालिका आइपुगेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । स्वास्थ्यचौकी महादेवस्थानमा आईतबार पनि भारतबाट आएका ३ जनालाई क्वारेन्टिनमा राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पनि भारतबाट आएका दुई जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताए ।  

भारत तथा तेश्रो मुलुकबाट आउने स्थानीयलाई राख्नका लागि नगरपालिकाले स्वास्थ्यचौकी महादेवस्थानलाई खाली गरेर क्वारेन्टिन बनाएको छ । स्वास्थ्यचौकीको ओपिडि सेवालाई पञ्चकर्म सेवामा र प्रशुती सेवालाई स्वास्थ्यचौकी दुर्छिममा सारेर क्वारेन्टिन बनाइएको मेयर इवन राईले बताए । सम्भावित महामारीको सामना गर्न नगरपालिकामा स्वास्थ्यचौकी खाली गरेर थप क्वारेन्टिनको व्यवस्थापन गरिएको हो । 

स्वास्थ्यचौकीमा ७० बेडको क्वारेन्टिन बनाउन सकिने नगरपालिकाले जनाएको छ । भारत तथा तेश्रो मुलुकबाट आउने नागरिकको संख्याका आधारमा क्वारेन्टिनको बेड थप गर्दै लगिने घिमिरेले बताए । 

प्रकाशित: २७ जेष्ठ २०७७ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App