२९ भाद्र २०८१ शनिबार
image/svg+xml

गोरखामा एक सय ६५ वेडको आइसोलेसन बनाउने निर्णय

गोरखा नगरपालिकामा एक सय वेडसहित जिल्लाभर एक सय ६५ वेड क्षमताको क्वारेन्टिनसहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

गण्डकी प्रदेशका क्वारेन्टिन भरिदै

गण्डकी प्रदेशका क्वारेन्टिन भरिभराउ हुन थालेका छन् । विदेशबाट घर फर्कनेको संख्या बढेसँगै प्रदेशका क्वारेन्टिन भरिन लागेका हुन् । गण्डकी प्रदेशमा कुल ८ हजार २ सय ७९ वेड क्षमताको क्वारेन्टिन रहेका छन् ।

बारामा सात नयाँ कोरोना संक्रमित थपिए

जिल्लाको दुई स्थानीय तहहरुमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जना र सुर्वण गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना गरि सात जना नयाँ संक्रमित थपिएको हो।

क्वारेन्टिनभित्रका किसानको पीडा : ‘सरकार ! खेत्वा जोत्नै रहगिल’

जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र कैद भइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन्

ताप्लेजुङमा ६२ जना क्वारेन्टिनमा

ताप्लेजुङमा सोमवार बिहानसम्म ६२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिकाा सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार १० महिला र ५२ पुरुष गरी ६२ क्वारेन्टिनमा रहेका छन् । ८ स्थायी र ३ अस्थायी गरी ११ वटा केन्द्रमा उनीहरु क्वारेन्टिनमा रहेको प्रजिअ निरौलाले जानकारी दिए ।

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ।

आरडिटीको भरमा क्वारेन्टिनबाट डिस्चार्ज गरिएका युवक आइसोलेसनमा

जेठ २१ गत्ते क्वारेन्टिनबाट घर फर्केका एक युवकमा स्वास्थ्य समस्या देखिएपछि आइतबार प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरको प्रिआइसोलेसनमा कक्षमा भर्ना भएका छन्। क्वारेन्टिनमै शरिर दुख्ने, घाँटी दुख्ने समस्या देखिएपनि आरडिटी नेगेटिभ भएको भन्दै उनलाई घर पठाइएको थियो ।

चिन्तित हुँदै क्वारेन्टिनमा छिरे, खुसी हुँदै घर फर्किए

पहिलो पटक कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनमा छिर्दा भारतबाट आउने सबैको मनमा एउटै त्रास थियो, ‘अब बाँचिन्न होला । बिरामी भइन्छ । सबैले अपहेलना गर्लान् । जिल्ला भित्र प्रवेश गर्दा पनि घरमा जान पाउँदैनौं होला ।’ तर १४ दिन अघि निकै निराश मन र चिन्तित मानिसकता लिएर जिल्लास्तरीय क्वारेन्टिनमा छिरेका यहाँका १ सय १९ जना निकै खुसी हुँदै घर फर्किएका छन् ।

आइसोलेसनका बिरामी भन्छन् : ‘कोरोना जित्छौ, ढुक्क छौ’

न ज्वरो । न खोकी । स्वास्वा पनि बढेको छैन । १७ दिन क्वारेन्टिनको बास भयो । शनिबार एम्बुलेन्समा चढेर आइसोलेसन कक्षमा आएका छौ । कति बस्न पर्ने हो भन्ने मात्र चिन्ता छ । मर्ने डर त रत्ति भर छैन । कुजिएर बस्दा खेरिको पीडा बल्झिएको नाम परिवर्तन संक्रमित कृष्ण सारुले सुनाए ।

धमाधाम क्वारेन्टिनबाट घर पठाइदै

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी परीक्षण गरेर सिधै घर पठाउने गरिएको छ । जेठको पहिलो साताबाट भारतका बिभिन्न रेडजोनबाट करिव ८० हजार जति सुदूरपश्चिममा भित्रिएका छन्। कुनै जाँच नगरि सिमानाकाबाट गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो । आरडीटी जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

जब क्वारेन्टिन नै संक्रमणको कारण बन्यो

भारतसँग साँध जोडिएको, पूर्वी झापाको सबैभन्दा दक्षिणी गाउँ कचनकवलमा मात्रै आइतबारसम्ममा ११२ जना कोरोना संक्रमित फेला परिसकेका छन् । भारतबाट ल्याएर क्वारेन्टिनमा राखिएकाहरुको यो ठूलो संख्या एकैपटक संक्रमित हुनुका पछि क्वारेन्टिनस्थलको अव्यवस्था नै मुख्य कारक बनेको छ ।

‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’

राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

स्वदेश भित्रकालाई अलग्गै क्वारेन्टिन

जुम्लाको तिला गाउँपालिकाले स्वदेशबाटै जिल्ला भित्रिएकालाई बस्न अलग्गै क्वारेन्टिन निर्माण गरेको छ । भारतदेखि आएकाहरुलाई तीन स्थानमा क्वारेन्टिन निर्माण गरेकोमा स्वदेश भित्रबाट घर आउनेका लागि एक क्वारेन्टिन निर्माण गरेको हो ।

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको क्वारेन्टिनमै मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाका सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए।

सुदूरपश्चिमका पाँचजना क्वारेन्टिनमै बिलाए

सुदूरपश्चिमका पाँचजनाले क्वारेन्टिनमै ज्यान गुमाएका छन्। भारतको विभिन्न सहरबाट फर्केका उनीहरुको उपचार र उचित हेरचाह नपाएर ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्