२४ वैशाख २०८१ सोमबार
image/svg+xml

धादिङमा स्वास्थ्यकर्मी नै संक्रमित, आइसोलेसनमा जनशक्ति अभाव

अस्पतालले धादिङबेसीमा संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा जनशक्तिको अभाव भएको हो।

खरिपाटीमा आइसोलेसन केन्द्र बनाउन प्रस्ताव

तालिम केन्द्रको पूर्वाधार मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए।

चाँंगुनारायणको आइसोलेसन केन्द्रमा विरामी राख्न सुरु

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आइसोलेसन केन्द्रमा कोभिडका विरामी वस्न सुरु भएको छ ।

बाँकेमा २४ घण्टाभित्र ११ संक्रमितको मृत्यु

बाँकेमा बितेको २४ घण्टाभित्र ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ४४ वर्षीया महिलाको मृत्यु भएको छ।

भक्तपुरको चाँंगुनारायणमा सय बेडको आइसोलेसन वार्ड तयार

कोभिड विरामीको उपचारका लागि वार्ड अभाव भइरहेको बेला सरकारले भक्तपुरको दुवाकोटमा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ । जिल्लाको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको हो । केही दिनको तयारी पछि अहिले त्यहाँं विरामी राख्न मिल्ने बनेको छ ।

नगरपालिकामा ३२ बेडको आइसोलेसन सेन्टर व्यवस्थापन

कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

पर्सामा संक्रमित साढे आठ सय पुगे, ९४ प्रतिशत होम आइसोलेसनमा

पर्सामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ सय ४८ पुगेको छ । संक्रमितहरुको संख्या कुल संक्रमितमध्ये ९४ प्रतिशत बढी होम आइसोलेसनमै रहेका छन् ।

सुर्खेतको सबै स्थानीय तहमा अक्सिजनसहितका आइसोलेसन निर्माण गरिने

सुर्खेतका सबै स्थानीय तहमा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने भएको छ। कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ (कोरोना भाइरस) का बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित नौवटै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्णग गर्न लागिएको हो।

नगरपालिकाले आइसोलेसन सेन्टर बनाउँदै

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ। विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

होम आइसोलेसनमा किट दिइने

सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षित गरी सरकारले होम आइशोलेशन किट उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७७ जारी गरेको छ।

होम आइसोलेसनका संक्रमितलाई सेवा दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्