११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरको चाँंगुनारायणमा सय बेडको आइसोलेसन वार्ड तयार

कोभिड विरामीको उपचारका लागि वार्ड अभाव भइरहेको बेला सरकारले भक्तपुरको दुवाकोटमा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ । जिल्लाको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको हो । केही दिनको तयारी पछि अहिले त्यहाँं विरामी राख्न मिल्ने बनेको छ ।  

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलव्ध गराएको स्पष्ट पारे । बाँंकी सवै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे । बेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री जस्तै प्रत्येक वेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, पिलो, तन्ना, सावुन, रुमाल, टुटपेष्ट, मन्जनलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए । साथै बेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार विहानसम्म त्यहाँं विरामी भने पुगेको छैन । तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।  

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं बेड विस्तार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशासनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरिएको हो ।  

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । यी चारमध्ये जिल्लामा सवैभन्दा बढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकाहरुमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँंच जना सम्पर्कविहीन छन् ।

प्रकाशित: १८ वैशाख २०७८ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App