२ असार २०८१ आइतबार
image/svg+xml
समाज

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको छ।

बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन्।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा भिसा अस्वीकृत भएको भन्दै शुभेच्छुकहरूसँग माफी पनि मागेका छन्।

सन् २०१९ मा पनि सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०८१ १७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App