३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भयोः प्रमुख सचेतक बर्तौला

शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।

छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए। उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्ताव अनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए।

उनले भने, ‘हामीले संसद गतिरोध अन्त्य गर्ने सम्बन्धमा विशेष गरी क्षेत्राधिकार निर्माणका केही कामहरु गरिरहेका थियौँ। शिर्ष नेताहरुलाई पनि केही विषयहरु जानकारी गराउनुपर्ने थियो। कार्यदलमा रहेका नेपाली कांग्रेसका सदस्यहरुले जे प्रस्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली कांग्रेसका शिर्ष नेताहरुको बीचमा र सत्ता पक्षको बीचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ। बैठक सकारात्मक छ। हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ। सत्ता पक्षबाट लचकता भएको छ। व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन। अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ।’

प्रकाशित: ११ जेष्ठ २०८१ १९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App