३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो।

जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश दिएको हो।

यसअघि बुधबार जिल्ला जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेका थिए भने अदालतले ३ दिनको समय दिएको थियो। पहिलो पटक दिइएको समय बिहीबार सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासितमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेको थिए। तर अदालतले पुनः ३ दिनको समय दिएको छ।

सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

सिरोहियालाई  गत मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो।

प्रकाशित: ११ जेष्ठ २०८१ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App